मदिरा निषेधित गरिएको पवित्र धार्मिक स्थल पाथिभरा मन्दिर क्षेत्रमा लादै गरेको १ काटुन खुकुरी रम नाम भएको मदिरा जन्य पदार्थलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नम्बर ९ देउराली स्थितमा जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङबाट खटिएको प्रहरी सहायक निरिक्षक पुजन मगरको टोलीले सवारी साधन चेकिङ गर्ने क्रममा फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङमा ल्याई राखेको कुरा जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ ।