You are currently viewing अफ्रिकी गणराज्यको बाङ्गुई नदीमा डुङ्गा डुब्दा ५८ जनाको मृत्यु

अफ्रिकी गणराज्यको बाङ्गुई नदीमा डुङ्गा डुब्दा ५८ जनाको मृत्यु

नेभा, अफ्रीका, ९ बैशाख,

मध्य अफ्रिकी गणराज्यको एउटा नदीमा यात्रु बोकेको डुङ्गा डुब्दा कम्तीमा ५८ जनाको ज्यान गएको छ । प्रत्यक्षदर्शीले शनिवार यो जानकारी दिएका हुन् ।

काठको डुङ्गा शुक्रबार राजधानी बांगुईबाट मपोको नदी पार गर्दै गर्दा करिब ३०० जना यात्रु बोकेको थियो । स्थानीय नाविक र माछा मार्नेहरूले सबैभन्दा पहिले उद्धार कार्य सुरु गरेका थिए ।

बाङ्गुई विश्वविद्यालय अस्पतालका अधिकारीहरूले सेनाको खोजी अभियान तीव्र भएपछि मृतकको सङ्ख्या बढिरहेको बताएका छन् । एउटा गाउँमा अन्त्येष्टिमा सहभागी हुन मध्य अफ्रिकी गणतन्त्रको राजधानी बाङ्गुईको नदी पार गर्दै ३०० भन्दा बढी मानिस बोकेको डुङ्गा थियो । तर तीमध्ये ५८ जनाको मृत्यु भएको शनिबार एक अधिकारीले बताए ।

“घटना भएको ४० मिनेटपछि हामीलाई सचेत गराइएको थियो र उद्धारकर्ताहरूले करिब ५८ जनाको शव उद्धार गर्न सफल भएका थिए”, “नागरिक सुरक्षा विभागका प्रमुख थोमस जिमासेले रोयटर्सलाई बताए ।”

मपोको नदीमा थप मानिसहरू डुबेको आशंका छ, उनले टेलिफोन अन्तर्वार्तामा भने । उनले नदी यातायात सुरक्षा नियमको राम्रो पालना गर्न आह्वान गरे । मृतकको सङ्ख्या बढ्न सक्ने आशंका गरिएको छ । धेरै जना बेपत्ता भएको बताइएको छ । घटनास्थलमा राहत र उद्धार कार्य जारी छ ।

Leave a Reply