You are currently viewing २ करोड भन्दा बढीको कपडाहरू पर्सा प्रहरीको नियन्त्रणमा

२ करोड भन्दा बढीको कपडाहरू पर्सा प्रहरीको नियन्त्रणमा

नेभा, पर्सा, ९ बैशाख,

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले अन्दाजी मूल्य रु. २ करोड २० लाख बराबरका विभिन्न किसिमका लत्ताकपडाहरू नियन्त्रणमा लिएको छ ।

बैशाख ६ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ तुल्स्यान मार्केट पमपम बिल्डिङ्गमा घरकोठा भाडामा लिइ सोही बिल्डिङमा संचालन गरेका जिल्ला, पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को निवासी २४ वर्षको आकाश कुमार गुप्ता, उक्त ठाउँको वडा नम्बर ६ बस्ने ४४ वर्षको रामएकवाल कुशवाहाको गोदाम र हाल सम्म नामथर वतन नखुलेका ६ वटा अन्य गोदामहरूबाट विभिन्न ब्रान्डको कपडाहरु नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएको सर्टिङ थान कपडा, सर्ट थान कपडा, पाइन्ट थान कपडा, सुती प्रिन्टेड कपडा, ढाकाको थान कपडा, साडी, कुर्ता सुरवाल, मर्दानी धोती, ब्लाउज थान कपडा, चोलो बनाउने थान लगायतका कपडाहरु छन् ।

उक्त कपडाहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बैशाख ७ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको कुरा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।

Leave a Reply