जिल्ला सिरहा साबिक भदैया गाउँ विकास समिति वडा नम्बर ५ हाल लहान नगरपालिका वडा नम्बर १८ बरैरबोना बस्ने अन्दाजी ७० वर्षको ईस्लाम मियाँ धुनियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहा जिल्ला, अदालतको साल २०४२ पुष १० गतेको फैसला अनुसार साल २०३६ कार्तिक ९ गते जिल्ला सिरहा, लहान नगरपालिका वडा नम्बर २४ बस्ने खट्टर चौधरीलाई ज्यान मारेको कसुर मुद्दामा १० वर्ष कैद तोकिएकोमा निज फरार रहेको थिए ।
उक्त प्रतिवादीलाई गोप्य सूचनाको आधारमा चैत २४ गते प्रहरी चौकी लहान, सिरहाबाट खटिएको प्रहरी टोलिले निजलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अबस्थामा पक्राउ गरेको छ ।
निजलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय, लहान सिरहामा ल्याई आवश्यक अनुसन्धान पश्चात चैत २५ गते सिरहा जिल्ला, अदालतमा पेस गरी अदालतको आदेश अनुसार निज ईस्लाम मियाँ धुनियालाई कैद भुक्तानको लागि चैत २५ गते सिरहा कारागार चलान गरिएको कुरा प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जनाएका छन् ।