You are currently viewing ५६ लाख भन्दा बढीको समानहरू लोड रहेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

५६ लाख भन्दा बढीको समानहरू लोड रहेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

नेभा, पर्सा, १९ पुष,

बिल बिजक भन्दा बढी कपडा तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक बीरगंजबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको आधारमा प्रहरीहरुले उक्त ट्रकलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला, पर्सा बीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकस्थित सडकखण्डमा ना.६ ख ७७९८ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो बिल बिजक संकास्पद देखिएको हुँदा गाडीलाई नियन्त्रणमा गरिएको छ ।

अन्दाजी मूल्य रू. ५६ लाख ५ हजार ६ सय ८४ रुपैयाँ बराबरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रवक्ता तथा सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।

Leave a Reply