You are currently viewing ताइवानमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एक जनाको मृत्यु, ५० जना घाइते

ताइवानमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एक जनाको मृत्यु, ५० जना घाइते

नेभा, ताइवान, २१ चैत,

ताइवानमा आज बिहान शक्तिशाली भूकम्प आएको थियो । भूकम्पको प्रभावका कारण धेरै भवनहरू झुकेका छन् । ताइवानको केन्द्रीय मौसम विज्ञान प्रशासनले बुधबार बिहान ताइवानको राजधानी ताइपेईमा शक्तिशाली भूकम्प महसुस भएको जनाएको छ ।

भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गरेको छ । जापानले आफ्नो दक्षिणी दुई टापुमा पहिलो सुनामी आएको बताएको छ । जापानले दक्षिणी टापु ओकिनावाका लागि सुनामीको चेतावनी जारी गरेको छ ।

रिक्टर स्केलमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । ताइवानमा भूकम्प यति शक्तिशाली थियो कि साङ्घाईसम्म कम्पन महसुस गरिएको थियो । फुझोउ, जियामेन, झुआनझोउ र निङडेमा पनि भूकम्पको झटका महसुस गरिएको चिनियाँ मिडियाले जनाएको छ ।

ताइवानको पूर्वी तटमा ७.२ म्याग्निच्युडको भूकम्प आएपछि एक जनाको मृत्यु भएको र ५० जनाभन्दा बढी घाइते भएको ताइवानको अग्निशमन विभागले जनाएको छ ।

भूकम्पका कारण ताइवानमा भवनहरू ध्वस्त भएका छन् । ध्वस्त भवनको भग्नावशेषमा मानिसहरू फसेका छन् । भूकम्पको केन्द्र नजिक रहेको ताइवानको पूर्वी तटमा रहेको हुआलिएन सहरमा क्षति भएको बताइएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र ह्वालिएन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा रहेको थियो ।

Leave a Reply