You are currently viewing धनुषामा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्रयाक्टरहरु नियन्त्रणमा

धनुषामा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्रयाक्टरहरु नियन्त्रणमा

नेभा, धनुषा, १८ चैत,

जिल्ला, धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ स्थित जलाद खोलामा जिल्ला प्रहरी कार्यालय, धनुषा मातहत ईलाका प्रहरी कार्यालय, महेन्द्रनगर धनुषाबाट खटि गएको गस्ती टोलिले गस्ती गर्ने क्रममा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिएको छ ।

अबैध रुपमा बालुवा उत्खनन् गर्दै गरेको ज २ त ५७७, स १ त ६६८१, प्र २-०२-००१ त ०२४५, प्र २-०२-००१ त १५२२, को २ त ८८०९ र नम्बर स्पष्ट नभएको ३ वटा ट्रयाक्टरहरु गरी जम्मा ८ वटा ट्रयाक्टरहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको ट्रयाक्टरहरुलाई ईलाका प्रहरी कार्यालय, महेन्द्रनगर धनुषामा ल्याई थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

Leave a Reply