चैत १२ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ८ नयाबजार स्थित हाल शहरी स्वास्थ्य प्रवर्दन केन्द्र रहेको पोखरा महानगरपालिकाको स्टोरको रुपमा रहेको भवनको ताल्चा फोडी महानगरपालिकाको घर नक्साको अभिलेख चोरी भएको थियो ।
चोरी भएको सूचनाको आधारमा वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले उक्त घटनाको अनुसन्धानको क्रममा चोरी भएको नक्साका फाइलहरु ३९ थान सहित दुईजनालाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्ने जिल्ला, लम्जुङ स्थायी वतन भई हाल जिल्ला, कास्की पोखरा महानगरपालिका वडा नम्बर ९ बस्ने २८ वर्षको सुबिर थापा र सोही ठाउँमा बस्ने २९ वर्षको सरोज थापा मगर हुन् ।
चोरी भएको कागजातहरु सहित निजहरुलाई पक्राउ गरी कास्की जिल्ला, अदालतबाट चोरी सम्बन्धी मुद्दामा दिन ५ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कुरा जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।