You are currently viewing कर्तब्य ज्यान मुद्दाको फरार प्रतिवादी १६ वर्ष पछि पक्राउ

कर्तब्य ज्यान मुद्दाको फरार प्रतिवादी १६ वर्ष पछि पक्राउ

नेभा, मोरङ, ७ चैत,

कर्यव्य ज्यान मुद्दामा जन्म कैद सजाय भएका ३ जना फरार प्रतिवादीलाई १६ वर्ष पछी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ को ४८ वर्षीय जित बहादुर राई, ४१ वर्षीय गंगा भन्ने ज्ञान बहादुर राई र ४० वर्षीय लक्ष्मण राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय, उर्लावारीबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ र झापाको काँकरभिट्टाबाट पक्राउ गरेको छ ।

उनिहरुले साल २०६४ जेठ २० गते राती सोहि स्थान बस्ने हर्कराज राईको घर पैँचोमा विवाद हुँदा ३८ वर्षीय सन्तोष राईलाई लाठ्ठी, भाटाले कुटपिट गरी हत्या गरेको र हत्या पश्चात शवलाई केमुना भंज्याङको जंगलमा खाल्डो खनि पुरेका थिए ।

उक्त घटनामा पक्राउ परेका निजहरुको मोरङ जिल्ला, अदालतबाट कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय भई फरार रहेका थिए ।

पक्राउ परेका निजहरुलाई जिल्ला अदालत, मोरङमा उपस्थित गराइएको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

Leave a Reply