चन्द्रपुर नगरपालिकाको बालविवाह अन्त्य गर्ने अभियान अन्तर्गत बालविवाह अन्त्यको लागि नयाँ नियम जारी गरीएको छ । ३ बर्षे रणनिति साल २०८० फागुन महिनाको ५ गते हिउदे नगर सभाबाट पारित भई कार्यावन्यमा आएको सर्व विवित छ ।
उक्त रणनितिमा व्यवस्था भए बमोजिम चन्द्रपुर नगरपालिकामा रहेका १० वटै वडा कार्यालयहरुले आ–आफ्नो वडाका सम्पुर्ण टोल वस्तीहरुमा सुचना जारी गरेको छ ।
विवाह गर्नु पुर्व अनिवार्य वडा कार्यालयको सिफारिस लिनु पर्ने व्यवस्थाको कार्यान्वय गर्न गराउन हुन अनुरोध गरेको कुरा प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले जनाएकि छिन् ।