मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोल बस्ने १६ वर्षीया ज्ञानमती फुलुङ राईको अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको छ ।
सोमबार राती आफ्नै घर पछाडी रहेको शौचालय जाने क्रममा अपरिचित व्यक्तिले पछाडीबाट धारिलो हतियारले प्रहार गर्दा बालिकाको घटनास्थलमा मृत्यु भएको थियो ।
उक्त घटनाबारे जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय, पथरीबाट प्रहरी टोली खटि गई घटना बारे अनुसन्धान भइरहेको छ ।
थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय, मोरङ तथा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले खटि घटनामा संग्लग्न व्यक्तिको खोजतलास गरिरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।