You are currently viewing बिग बोसको अब्दुल रोजिकलाई मनी लान्ड्रिंग मुद्दामा सोधपुछ गरिने

बिग बोसको अब्दुल रोजिकलाई मनी लान्ड्रिंग मुद्दामा सोधपुछ गरिने

नेभा, १५ फागुन,

‘बिग बोस १६’ फेम अब्दु रोजिकलाई शिव ठाकरेसँगै हालैको मनी लान्ड्रिंग मुद्दामा ईडीबाट नोटिस पठाईएको छ । दुवैले अहिलेसम्म यस कानुनी मुद्दामा आफ्नो मौनता कायम राखेका छन् र यस विषयमा कसैसँग कुरा गरेका छैनन् । तर, अबदु रोजिकको मनी लान्ड्रिंग प्रकरणसँग सम्बन्धित नयाँ जानकारी सार्वजनिक भएको छ ।

अबु रोजिक मनी लान्ड्रिंग मुद्दामा सोधपुछका लागि ईडीको कार्यालयमा पुगे । ताजिकिस्तानी गायक अब्दुको पछिल्लो भिडियो ईडी कार्यालय बाहिरको हो जहाँ उनलाई केही समयअघि देखिएको थियो ।

अब्दु रोजिक आफ्नो गायन र अभिनय कौशलका लागि परिचित छन् । उनी ‘बिग बोस १६’ मा देखिएको थिए । उनलाई सरकारले नोटिस जारी गरेको छ । उनको नाम मनी लान्ड्रिंग मुद्दामा आएको छ, त्यसपछि ईडीले उनलाई १४ फेब्रुअरीमा सोधपुछका लागि बोलाएको थियो । आज अब्दुलाई फेरि सोधपुछ गरिने भएको छ ।

Leave a Reply