You are currently viewing धादिङमा प्रहरी टोली द्वारा अफिम खेती फडानी

धादिङमा प्रहरी टोली द्वारा अफिम खेती फडानी

नेभा, धादिङ, १४ फागुन,

जिल्ला प्रहरी कार्यालय, धादिङमा प्रहरी टोली द्वारा अफिम खेतीहरुलाई फडानी गरिएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १ स्थित अफिम खेतीहरुलाई फडानी गरिएको हो ।

धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार के.सी., इलाका प्रहरी कार्यालय, गजुरीको प्रमुख प्रहरी नायब उपरीक्षक मदन बहादुर कुँवर र तालुक ससस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट सहायक प्रहरी नायब निरिक्षक कन्हेया यादव सहित ८५ जनाको संयुक्त टोलीले अफिम खेतीहरुलाई फडानी गरेको हो ।

विभिन्न स्थानहरुमा उत्पादन गरिएको अवैध लागूऔषध अफिम अन्दाजी  ९ सय ५० देखि १ हजार रोपनी फडानी तथा नष्ट गरिएको कुरा इलाका प्रहरी कार्यालय गजुरी, धादिङले जनाएको छ ।

Leave a Reply