जिल्ला प्रहरी कार्यालय, धादिङमा प्रहरी टोली द्वारा अफिम खेतीहरुलाई फडानी गरिएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १ स्थित अफिम खेतीहरुलाई फडानी गरिएको हो ।
धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार के.सी., इलाका प्रहरी कार्यालय, गजुरीको प्रमुख प्रहरी नायब उपरीक्षक मदन बहादुर कुँवर र तालुक ससस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट सहायक प्रहरी नायब निरिक्षक कन्हेया यादव सहित ८५ जनाको संयुक्त टोलीले अफिम खेतीहरुलाई फडानी गरेको हो ।
विभिन्न स्थानहरुमा उत्पादन गरिएको अवैध लागूऔषध अफिम अन्दाजी ९ सय ५० देखि १ हजार रोपनी फडानी तथा नष्ट गरिएको कुरा इलाका प्रहरी कार्यालय गजुरी, धादिङले जनाएको छ ।