You are currently viewing चोरी भएको NS मोटरसाइकल धनीलाई बुझाइयो

चोरी भएको NS मोटरसाइकल धनीलाई बुझाइयो

नेभा, सिरहा, १३ फागुन,

सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ बेल्हा स्थितमा रहेको धर्मशाला कम्पाउण्डमा पार्किङ गरि राखिएको प्रदेश २-०१-००३ प ३८२५ नम्बरको NS 200 CC को मोटरसाईकल हराएको थियो ।

हराएको खबर फागुन १२ गते मोटरसाईकल धनीबाट जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नम्बर १२ बेल्हा बस्ने मोहम्मद तमिम राईनले प्रहरी चौकी बेल्हा, सिरहामा जानकारी गराएका थिए ।

जानकारी गराउन साथ जिल्ला प्रहरी कार्यालय मातहत सम्‍पूर्ण प्रहरी इकाईबाट टोली खटि गई खोजतलास कार्य भईरहेको थियो ।

उक्त मोटरसाईकल ईलाका प्रहरी कार्यालय, धनगढी सिरहाबाट खटिएको प्रहरी नायब निरिक्षक शारदा शंकर साहको टोलिले सोहि दिन जिल्ला सिरहा, धनगढीमाई नगरपालिका वडा नम्बर ११ सगरमाथा पेट्रोल पम्प स्थित रहेको चिया पसल नजिक वेवारिसे अबस्थामा फेला परेका थिए ।

फेला पारी उक्त मोटरसाईकल प्रहरी चौकी बेल्हा सिरहामा ल्याई सम्बन्धित मोटरसाईकल धनीलाई बुझाएको र चोरी गर्ने व्यक्तिहरुको खोजतलास तथा अनुसन्धान कार्य  भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

Leave a Reply