विशेष सूचनाको आधारमा फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आगमन भएका यात्रु भारतीय नागरिक ३५ वर्षको SHARIF AHAMED ABDUL GAFFOOR लाई सुन जस्तो देखिने वस्तु सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
निजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियामा नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको साथबाट सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु पोका ३ थान कुल अन्दाजी तौल ८५५ ग्राम प्लाष्टिक सहित अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला परेको थियो ।
उक्त वस्तु सहित निज SHARIF AHAMED ABDUL GAFFOOR लाई पक्राउ गरी अर्धठोस वस्तु पोका ३ थान साहित आवश्यक कानुनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाईएको कुरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी, कार्यालयले जनाएको छ ।