You are currently viewing हत्यामा संलग्न थापा पक्राउ

हत्यामा संलग्न थापा पक्राउ

नेभा, काठमाडौं, १ फाल्गुन

माघ २७ गते काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नम्बर ६ धापासी स्थित दिनेश खडकाको टहरा भडामा लिई बस्दै आइरहेको जिल्ला ओखलढुङ्गा लिँखु गाउँपालिका वडा नम्बर ३ को २३ वर्षको दिपेश खड्काको डेरा कोठमा ताल्चा लगाई सम्पर्क बिहीन भएको थिए ।

सम्पर्क बिहीन भएको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले दिपेश बस्ने टहरा कोठाको ताल्चा फुटाई हेर्दा दिपेश खडकाको मृत लाश फेला परेको थियो ।

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला, प्रहरी परिसर काठमाण्डौबाट खटिएको प्रहरी टोलीले निज सँगै बस्ने विकाश थापा मगरलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निज बिकास थापा मगरले मृतक दिपेश खड्कालाई हेम्मरले टाउकोमा पटक पटक हिर्काई मारेको भनि स्वीकार गरेका छन् ।

बरामद दशी सहित निज प्रतिवादीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला, अदालत काठमाण्डौबाट दिन ६ को म्याद थप गरी प्रहरी बृत्त महारजगंजबाट थप अनुसन्धान भई रहेको कुरा जिल्ला, प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

Leave a Reply