जिल्ला, धनुषा विदेह नगरपालिका वडा नम्बर ७ गर्दनिया चोक स्थितमा ६२ ओटा बोइलर कुखुरा सहित मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपाल तर्फ भन्सार छली गरी म.प्र.-०२-००६ प ०४१७ नम्बरको मोटरसाइकलमा ६२ पिस ब्रोइलर कुखुरा ल्याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय, धनुषा र मातहत ईलाका प्रहरी कार्यालय, औरहीबाट खटि गएको संयुक्त गस्ती टोलिलाई देख्न साथ उक्त मोटरसाइकल र ब्रोइलर कुखुरा ६२ पिस छाडी मानिस फरार भएको थियो ।
उक्त मोटरसाइकल र ब्रोइलर कुखुरा ६२ पिस जम्मा गरी अन्दाजी मुल्य रू. १ लाख ७४ हजार ८ सय बराबरको नियन्त्रणमा लिइएको कुरा जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको हो ।
उक्त ब्रोइलर कुखुरा ६२ पिसलाई आवश्यक कार्वाहीको लागी पशु क्वारेन्टाईन जनकपुर धनुषामा पठाईएको छ ।