सर्लाहीमा माघ १६ गते नक्कली नोटबाट आण्डा किन्न जाँदा श्रीमान र श्रीमतीलाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेहरु नसारु खान र नसारा खातुन हुन् ।
जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नम्बर ३ को चोकमा सोहि ठाउँको वडा नम्बर ९ बस्ने नसारु खान र निजको श्रीमती ३२ वर्षकी नसारा खातुनले नेपाली रु. १ हजारको २ थान जाली नोट लिई अण्डा किन्ने क्रममा वाद–विवाद भएको थियो ।
वाद–विवादको खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय, सर्लाहीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटि गई निजहरुलाई पक्राउ गरेको हो ।
निजहरुबाट दुई थान १ हजारको जाली नोट सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।