मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट अभद्र ब्यवहार मुद्दा र चोरी मुद्दाका ३ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
अभद्र ब्यवहार मुद्दामा सम्मानित जिल्ला अदालत मोरङको २०७९ साल ११ महिना ११ गतेको फैसला आदेशले २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना भई फरार भएको थिए ।
पथरीशनिश्चरे वडा नम्बर ४ का २६ वर्षको अनिल मगर र २४ वर्षको छोटु कान्छा भन्ने तुलाराम देवानलाई प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरी टोलीले खोजतास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको छ ।
ईलाका प्रहरी कार्यालय, धरानबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दामा सुनसरी जिल्ला अदालतको २०७७ साल ६ महिना २९ गतेको फैसलाले ९ दिन कैद र १ हजार रुपैयाँ जरिवाना भई फरार रहेका धरान वडा नम्बर ३ को ३५ वर्षको राजु तामाङलाई पक्राउ गरिएको छ ।
निजहरुलाई पक्राउ पारी तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतहरुमा बुझाईएको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।