माघ १३ गते जिल्ला, रौतहट प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर ४ स्थितबाट अबैध घरेलु मदिरा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी नष्ट गरिएको छ ।
अबैध घरेलु मदिरा अन्दाजी २९० लिटर फेला पारी आवश्यक कारवाहीको लागि जिल्ला, रौतहट प्रहरी कार्यालयमा दाखिला गरिएको थियो ।
उक्त अबैध घरेलु मदिरा स्थानिय मानिसहरु, संचारकर्मी तथा प्रहरी कर्मचारीहरु समेतको रोहबरमा जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङगणमा माघ १५ गते नष्ट गरिएको कुरा जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।