You are currently viewing लागूऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा

लागूऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा

नेभा, बिराटनगर, ८ माघ,

धनकुटा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माघ ७ गते जिल्ला प्रहरी कार्यलय, धनकुटाबाट खटिएका प्रहरी टोलिले धनकुटा नगरपालिका वडा नम्बर ७ बसपार्क स्थितमा शंकास्पद अवस्थामा रहेका धनकुटा नगरपालिका वडा नम्बर ७ का २१ वर्षिय किरण राईको साथबाट ट्रामाडोल ३७० क्यापसुल र डिकोलिक ३६९ ट्याब्लेट फेला पर्दा ट्याब्लेट सहित पक्राउ गरिएको हो ।

यसैगरी लागूऔषध नियन्त्रण ब्युरो, बिराटनगरबाट खटिएको टोलिले मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर १५ स्थितबाट भारतबाट नेपाल तर्फ आउदै गरेको पैदलयात्री मोरङ जहदा गाउपालिका वडा नम्बर ५ का २६ वर्षिय रंजित कुमार शर्मालाई ३ सय ४० मिलिग्राम, दुहवी नगरपालिका वडा नम्बर ८ सुनसरीका २४ वर्षिय मोहम्मद शहवाज र सन्तोष सिंहलाई १ ग्राम ७ सय ५० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

उक्त लागूऔषध सहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply