भन्सार चोरी निकासीका गाडीहरू भारतबाट नेपालमा ल्याई नेपाली नम्बर प्लेट राखि नेपालमा चलाई रहेको थियो ।
गोप्य सुचनाको अधारमा पौष २५ र २६ गते जिल्ला प्रहरी धनुषा कार्यालयबाट खटिएको विशेष टोलीले जनकपुर नगर भित्रबाट प्रदेश-२-०३-००१ च. ११४० नम्बरको (Creata), प्रदेश-२-०३-००१ च ०११० नम्बरको (Vitara Breeza), प्रदेश-२-०३-००१ च ५४८७ नम्बरको (Vitara Breeza) र प्रदेश-२-०३-००१ च ३७३९ नम्बरको (Scorpio ) सहित जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वडा नम्बर ३ मलवारा बस्ने अन्दाजी ५० वर्षको मोख्तार अनसारी र जिल्ला महोत्तरी लोहरपट्टी नगरपालिका वडा नम्बर ६ बस्ने ४० वर्षको जमजम भन्ने अन्सारूल कवारी माथि शंका लाग्दा अनुसन्धानको लागी नियन्त्रणमा लिएको छ ।
उक्त गाडीहरू नियन्त्रणमा लिई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय, धनुषामा ल्याई शंकित निजहरु माथि ठगि तथा किर्ते मुद्दा शिर्षकमा मुद्दा दर्ता भएको कुरा जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।