पौष २१ गते जिल्ला गोरखा चुमनुब्री गाउँपालिका वडा नम्बर ३ फिलिम बजार स्थितमा सोहि ठाउँमा बस्ने २२ वर्षको धन बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ
सोहि ठाउँमा बस्ने ४९ वर्षकी कान्छी गुरुङलाई गाली गलौज गर्नुका साथै हातपात समेत गरी अभद्र व्यवहार गरेको घटनामा धन बहादुर गुरुङलाई पौष २२ गते पक्राउ गरिएको कुरा जिल्ला, प्रहरी कार्यालय, गोरखाले जनाएको हो
आज निज विरुद्ध अभद्र व्यवहार कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय, गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।