You are currently viewing ४ किलो गाँजा सहित २ भारतीय नागरिक पक्राउ

४ किलो गाँजा सहित २ भारतीय नागरिक पक्राउ

नेभा, मकवानपुर, २० पौष,

प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला, मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे स्थित सडकखण्डबाट दुइजना व्यक्तिलाई लागूऔषध गाँजा सहित पक्राउ गरेको छ ।

चितवनबाट बिरगंजतर्फ जादै गरेको ना ४ ख ५९२२ नम्बरको यात्रुवाहक बसमा सवार भई आएका देश भारत बिहार राज्य मोतिहारी जिल्ला पश्चिमी चम्पारण वडा नम्बर ३६ बस्ने ३७ वर्षको जितेन्द्र जैसवाल र सोहि ठाउँमा बस्ने ३८ वर्षको मनोज कुमार दासलाई शंका लागी रितपुर्वक खानतलासी पुर्जी दिई खानतलासी गर्दा उक्त व्यक्तिहरुलाई पक्राउ गरिएको छ ।

निजहरुले आ-आफ्नो शरीरमा कपडाले छोपी लुकाई छिपाई गरी राखेको अवस्थामा ४ किलो लागूऔषध गाँजा फेला परेको हुदाँ उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको कुरा जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply