You are currently viewing चोरी मुद्दामा फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

चोरी मुद्दामा फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

नेभा, उदयपुर, २० पुस,

जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट खटिएको प्रहरी टोलीले पुष १९ गते चोरी मुद्दामा १० महिना कैद र रु.१८ हजार जरीवाना भएको फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका वडा नम्बर १३ बस्ने ३३ वर्षको रोशन भन्ने रुशन भुजेललाई त्रियुगा नगरपालिकाको दनुवारी चोकबाट पक्राउ गरिएको छ ।

उक्त व्यक्तिलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि उदयपुर जिल्ला अदालत पठाइएको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

Leave a Reply