You are currently viewing जागिरको प्रलोभनमा नेपालीको मृगौला भारतमा बेचियो

जागिरको प्रलोभनमा नेपालीको मृगौला भारतमा बेचियो

नेभा, काठमाडौं, १८ पुष,

मानव अंग मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका अभियुक्त नुवाकोट बेलकोटगढी नागरपालिका वडा नम्बर १३ को ४३ वर्षको हरि नेपाली भन्ने हरि दर्जीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितलाई भारतको कलकत्तामा मम पसलमा मासिक ३० हजार भारतीय रूपैयाँ तलबमा काममा लगाईदिने भन्ने प्रलोभन दिएका थिए ।

प्रलोभन देखाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत कलकत्ता पुर्‍याई पीडितलाई झुक्याई अस्पताल लागि बेहोस पारी मानव अंग मृगौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेको घटनामा संलग्न रही फरार रहेका दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

निज उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कुरा नेपाल प्रहरीले जनाएको छ ।

Leave a Reply