You are currently viewing १५ किलो गाँजा सहित १ जना पक्राउ

१५ किलो गाँजा सहित १ जना पक्राउ

नेभा, मकवानपुर, १७ पुष,

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला, मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।

हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको BR 01 PB 3314 नम्बरको भारतीय सुमो गाडी चालक जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ बस्ने ३० वर्षको रेयाज देवानलाई रितपुर्वक खानतलासी पुर्जी दिई निजको शरीर तथा सुमो गाडी समेतको खानतलासी गर्दा उक्त व्यक्तिलाई पक्राउ गरिएको छ ।

सुमोको खानतलासी गर्दा सुमोको सिटमुनि फल्स बटम बनाई लुकाई छिपाई गरी ल्याएको अवस्थामा १५ किलो लागूऔषध गाँजा फेला परेको छ ।

लागूऔषध गाँजा, सुमो गाडी सहित निज रेयाज देवानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

Leave a Reply