You are currently viewing फेरि ९ लाख भन्दा बढीको प्याज बारा प्रहरीको नियन्त्रणमा

फेरि ९ लाख भन्दा बढीको प्याज बारा प्रहरीको नियन्त्रणमा

नेभा, बारा, १३ पुष,

जिल्ला प्रहरी कार्यालय, बाराको मातहत प्रहरी चौकी पथलैया बाराबाट खटिएको विशेष प्रहरी चेकिङ्ग टोलीले जिल्ला बारा, जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा ना ६ ख २६२५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको छ ।

उक्त ट्रकलाई चेकजाँच गर्ने क्रममा VCTS अनलाईन बिल गिट्टिको देखाएको र ट्रक भित्र अन्दाजी १७,७३० किलो बराबर अवैध प्याज पाईएको हुँदा उक्त अन्दाजी मुल्य रु. ९ लाख ३० हजार ८ सय २५ रुपैयाँ बराबरको प्याजलाई नियन्त्रणमा लिइएको छ ।

अन्दाजी १८ लाख मुल्य बराबरको ट्रक दुवै गरी जम्मा अन्दाजी मुल्य २७ लाख ३० हजार ८ सय २५ रुपियाँ बराबरको भन्सार छली गरी ल्याइएको प्याज र ट्रक नियन्त्रणमा गरिएको छ ।

प्याज सहित उक्त गाडीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजस्व कार्यालय पथलैयामा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

Leave a Reply