जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाह स्थित ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले गस्ति गर्दै जाने क्रममा भन्सार छली ल्याइएको सामानहरु बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ अबैध रूपमा चोरी पैठरी गरी ल्याएको जाडो मौसमका कपडा रू. ४६ हजार २ सयको ८४ पिस कुर्ता सुरूवाल र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० गणेशमान चोक नजिकबाट अन्दाजि मूल्य रु. ९ हजार ९ सय बराबरको मोटरसाईकलको पार्टपुर्जालाई नियन्त्रणमा लिइएको छ ।
जम्मा रु. ५६ हजार १ सय बराबरको सामान बरामद गरी आवश्य कारबाहीको लागी नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।