जिल्ला प्रहरी कार्यालय, बाराको मातहत प्रहरी चौकी पथलैया बाराबाट खटिएको बिशेष प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पथलैया चोकबाट २३ लाख भन्दा बढीको समान सहित ट्रकलाई नियन्त्रणमा लिइएको छ ।
गाडीहरूलाई रोकी चेक जाँच गर्दा अनलाइन बिल र भ्याट बिल मा Delivery Place फरक फरक रहेको म.प्र.०३-००१ ख ७७२२ नम्बरको गन्तव्य तर्फ गएको यात्रुबाहक बस भित्र विल नभएको ३०० किलो प्याज र ना ४ ख २०६९ नं. को ट्रक भित्र दाल १०,३७५ किलो, चाना २,८७५ किलो, चाना २,८७५ किलो भएको विल विजक भन्दा बढि अन्दाजी मुल्य रु. २३ लाख ५० हजार १ सय २५ रूपैया बराबरका निम्न समानहरू सहित ट्रकलाई नियन्त्रणमा गरिएको छ ।
आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय, बाराबाट जानकारी गराइएको छ ।