मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर १५ ढाट स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुष १० गते लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ४ खोटाङका २५ वर्षको मिलन राईलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसुगर ८६ मिलिग्राम फेला पर्दा निजलाई पक्राउ गरिएको छ ।
निजलाई पक्राउ पारी ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।