You are currently viewing २ नाल भरुवा बन्दुक सहित दुईजना व्यक्तिहरु पक्राउ

२ नाल भरुवा बन्दुक सहित दुईजना व्यक्तिहरु पक्राउ

नेभा, ताप्लेजुङ, ११ पुस,

ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका वडा नम्बर १ त्रिवेणी बनबाट भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेएको छ । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय मौसम खिमदिम र समिर खिमदिम रहेका छन् ।

बिशेष सुचनाको आधारमा मंगलवार प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले निजहरुलाई उक्त बनबाट भरुवा २ नाल बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरु, खुकुरी १ थान, गेटिस गलेली १ थान, मारेको कालिज १ वटा र मोबाईल १ थान सहित पक्राउ गरिएको छ ।

निजहरुलाई पक्राउ पारी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

Leave a Reply