बिहारको हाजीपुरमा विद्यालय सञ्चालकको हत्याको खबर आएको छ । श्रीमतीले हत्याको षड्यन्त्र रचेर प्रेमीसँग मिलेर शिक्षक श्रीमानको गोली हानी हत्या गरेकी छिन । हत्या भएको दुई महिनापछि प्रहरीले यो खुलासा गरेको हो । यस घटनामा ८ महिनाकी गर्भवती महिला र उनका प्रेमीलाई पक्राउ गरी जेल गरिएको छ ।
यो हाजीपुरको सदर थाना क्षेत्रका बलवा कुँवरीको हत्याको डरलाग्दो कुरा हो, अक्टोबर ८ मा किसेल सेन्ट्रल प्राइभेट स्कूलका निर्देशक सुधीर कुमारलाई उनको घरमा प्रवेश गरेर श्रीमती र प्रेमीले गोली हानी हत्या गरेका थिए ।
प्रहरी विगत २ महिनादेखि हत्याको बारेमा पत्ता लगाउन व्यस्त थियो । प्रहरीले यस विषयमा गहिरो अनुसन्धान गर्दा चकित पार्ने खुलासा भएको छ ।
विद्यालय सञ्चालक सुधीरको हत्याको षड्यन्त्र उनकी श्रीमती सुमन र उनका प्रेमी प्रभातले बनाएका थिए । सुमनले श्रीमानको हत्या गर्न शूटरलाई पनि ३५ हजारको टेन्डर दिएका थिए र पूरा योजना बनाएर गोली चलाउन आएकी थिइन् ।