ईलाका प्रहरी कार्यालय, जितपुर बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थितबाट एक लाख भन्दा बढीको प्याजलाई नियन्त्रणमा लिइएको छ ।
बीरगंजबाट चितवन जाँदै गरेको प्र.२०३-००१ च ६२०३ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य १ लाख ८१ हजार रुपियाँ बराबरको ६० बोरा अन्दाजी ३ हजार किलो प्याज सहित गाडीलाई नियन्त्रणमा लिइएको छ ।
उक्त नम्बरको गाडीलाई सामान सहित नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको कुरा जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।