You are currently viewing लागूऔषध ब्राउनसुगर सहित अर्जुन प्रहरी खोरमा

लागूऔषध ब्राउनसुगर सहित अर्जुन प्रहरी खोरमा

नेभा, झापा, ४ पौष,

झापाको दमक नगरपालिका वडा नम्बर ९ बरगाछीबाट स्थानीय २९ वर्षको अर्जुन पौदारलाई प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पौदारलाई पुष ३ गते १ ग्राम १०० मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

निजलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको कुरा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply