भारतीय बोलेरो एम्बुलेन्स गाडी भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई पर्सा जिल्लाको ग्रामिण एरिया तथा महानगरपालिका भित्रमा अनाधिकृत रुपमा प्रयोग गर्दै आईरहेको थियो ।
प्राप्त सूचना आधारमा जिल्ला प्रहरी कार्यालय, पर्सा प्रहरीको टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १३ तराई अस्पताल अगाडी सडकखण्डमा पुग्दा सुचना अनुसारको BR1AP 5291 नम्बरको भारतीय बोलेरो एम्बुलेन्स गाडीलाई स्वरूप परिवर्तन गरी स्कारपियो गाडीको पार्टसहरू लगाएको पाइएको छ ।
एम्बुलेन्स चालक भारत बिहार जिल्ला पुर्वी चम्पारण पलनवा ग्राम बहुअर्वाको निवासी ३० वर्षको महमद नेजामुदिन हुन् भन्ने खुल्न आएको छ ।
उक्त बोलेरो एम्बुलेन्सलाई अन्दाजी मुल्य रू. ४ लाख मूल्याङ्कन गरी थप अनुसन्धान तथा कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको खबर जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।