You are currently viewing खाली पेटमा बेसारको चिया पिउनुहोस्, पेटको बोसो हट्छ

खाली पेटमा बेसारको चिया पिउनुहोस्, पेटको बोसो हट्छ

नेभा, ६ चैत्र,

आफ्नो तौल घटाउनको लागि हामीले आफ्नो खानामा कटौती गर्छौं, जसका कारण हामीले हाम्रो शरीरलाई आवश्यक पोषक तत्व प्राप्त गर्दैनौं । तर केही सजिलो उपाय अपनाएर तौल घटाउन सकिन्छ । बेसार तौल घटाउनका साथै रोग प्रतिरोधात्मक क्षमताका लागि उत्तम चीजहरू मध्ये एक हो । यो जादुई मसला धेरै तरिकामा उपभोग गर्न सकिन्छ जसले हाम्रो शरीरलाई आवश्यक पोषण दिन्छ ।

आउनुहोस् जानौं कसरी बेसारको चियाले पेटको बोसो घटाउन र मोटोपनाबाट छुटकारा पाउन मद्दत गर्छ ।

बेसारको चिया तौल घटाउन निकै फाइदाजनक हुन्छ । एक कप पानी उमाल्नुहोस् र उमालेपछि एक चिम्टी बेसार, अलिकति दालचीनीको धुलो हालेर मन्द आगोमा पकाउने त्यसपछि तपाइको चिया तयार हुन्छ । थोरै मिठासको लागि मह प्रयोग गर्न सकिन्छ । यसलाई हप्ताभरि खाली पेटमा सेवन गर्नुहोस् ।

बेसारको दूध तौल घटाउन पनि निकै फाइदाजनक हुन्छ । राति सुत्नुअघि एक गिलास मनतातो बेसारको दूध पिउनुहोस् । तौल घटाउनको लागि स्वस्थ जीवनशैलीका साथसाथै व्यायाम र योग पनि सिफारिस गरिन्छ ।

Leave a Reply