You are currently viewing लागूऔषध सहित १ व्यक्ति पक्राउ

लागूऔषध सहित १ व्यक्ति पक्राउ

नेभा, सर्लाही, २९ मंसिर,

मंसिर २७ जिल्ला सर्लाही ब्रह्मपुरी गाउँपालिका वडा नम्बर ५ ब्रहम्पुरीमा भारतबाट ल्याएको लागूऔषध wincerex बिक्री बितरण गर्दै छ भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी टोली उक्त स्थानमा पुगी मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा BR06BK8060 नम्बरको मोटरसाइकलमा सवार एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतको बिहार जिल्ला सीतामढी ग्राम ईन्दर्वा वडा नम्बर १५ मा बस्ने राम प्रगास रायको छोरा २० वर्षको बंशलाल यादवलाई चेकजाँच गर्दा साथमा बोकी ल्याएको जुटको दुई वटा बोरामा प्रतिबन्धित लागूऔषध wincerex-100 ML को २२० बोतल र सोही स्थान नजिक बागमती प्रदेश २-०२२ प ३७९७ नम्बर र मधेश प्रदेश ०२-००७ प १२७९ नम्बर मोटरसाइकललाई समेत संकास्पद अवस्था फेला पारी निज बंशलाल यादवलाई पक्राउ गरिएको छ ।

लागूऔषध मुद्दामा जिल्ला अदालत मंलगवा सर्लाहीबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।

Leave a Reply