मंसिर १५ गते जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका, वडा नम्बर १६ रजतजयन्तीचोक स्थित सडकखण्ड बाट तीनजना युवक पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो, शाखा कार्यालय, पर्सा र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा ना. ३० प ७७४६ नम्बरको स्कुटीलाई रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकोहरु जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १ बस्ने २४ वर्ष उमेर भएको समिप श्रेष्ठ र पछाडी सवार सोहिस्थानका २८ वर्षको सुवास पौडेलले लगाएको हुडी भित्र बाँया हाँतको भागमा लुकाइ छिपाइ राखिएको लागूऔषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ ०.६२० मि. ग्राम फेला परेको हुँदा प्रहरीले पक्राउ गरेको छ ।
निजहरूलाई नियन्त्रणमा लिइ लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सोहि मिति र स्थानबाट संकास्पदरूपमा पैदल हिंडि भारतबाट नेपाल आइरहेको जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ को मयूरधाप बस्ने २८ वर्षको साजन पौडेल पनि पक्राउ परेका छन् ।
प्लाष्टिकको झोलाभित्र प्रतिबन्धित लागूऔषध नाईट्राजेपाम नाइजा एक्यान प्रति पत्तामा १० ट्याब्लेटका दरले ७ पत्तामा ७० ट्याब्लेट फेला परेको हुँदा निजलाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको खबर जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको बिज्ञप्ति द्वारा जानकारी गराइएको छ ।