You are currently viewing बेवारिसे अबस्थामा अटोको पार्टपुर्जा बरामद

बेवारिसे अबस्थामा अटोको पार्टपुर्जा बरामद

नेभा, बाँके, २८ मंसिर,

जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर १८ मा स्थीत भाटभटेनी नजिक जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा ल्याइएको पेट्रोल अटोको पार्टपुर्जालाई बरामद गरेको छ ।

गस्ति गर्ने क्रममा बेवारिसे अबस्थामा थुपारी राखेको बिभिन्न कम्पनिका पेट्रोल अटोका पार्टपुर्जाहरु अन्दाजी मुल्य रू. २ लाख १९ हजार बराबरको सामान फेला पर्दा बरामद गरी आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय, बाँके पठाईएको खबर जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply