जिल्ला प्रहरी कार्यालय, बाराको मातहत ईलाका प्रहरी कार्यालय जितपुर र अमलेखगज बाराबाट खटिएको बिशेष प्रहरी टोलीले गाडीहरूलाई रोकी चेक जाँच गर्दा विल विजक नभएको र विल विजक भन्दा बढि सामानरहेको फरक-फरक नम्बरको गाडीलाई नियन्त्रणमा लिएको छ ।
गाडीहरूलाई रोकी चेक जाँच गर्दा जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० नितनपुर स्थीत गन्तव्य तर्फ गएको विल विजक नभएको ना ७ ख ८८२२ नम्बरको यात्रुबहाक बसभित्र टेन्टको ग्ल्याक्सी कपडा २४ पिस अन्दाजी मुल्य ७२ हजार, टेन्टमट लगाउने फुल १५ पोका अन्दाजी मुल्य रू. ७ हजार ५ सय, सिद्रा माछा १०० किलो अन्दाजी मुल्य रू. ८० हजारको सामानलाई प्रहरीद्वारा नियन्त्रणमा लिइएको छ ।
चेक जाँच गर्दै जाँदा विल विजक भन्दा बढि सामान भएको बा.प्र.-०३-००१ च १४३० नम्बरको पिकअप गाडीभित्र अन्दाजी मुल्य रू. १ लाख १८ हजार ७ सय ५० को प्याज २५०० किलो र अझै बा.प्र.०३-००१ च १२७८ नम्बरको पिक अप गाडीभीत्र १ लाख १८ हजार ७ सय ५० को प्याज २५०० किलो हुँदा उक्त गाडीहरुलाई प्रहरी द्वारा नियन्त्रणमा लिइएको छ ।
अन्दाजी मुल्य ३ लाख ९७ हजार बराबरका निम्न मानहरू सहित गाडीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको खबर जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ ।