You are currently viewing दुबई पठाउने प्रलोभन दिई रकम ठगी गर्ने श्रेष्ठ पक्राउ

दुबई पठाउने प्रलोभन दिई रकम ठगी गर्ने श्रेष्ठ पक्राउ

नेभा, काठमाडौं, २५ मंसिर,

धनकुटा जिल्ला चौबिसे गाउँपालिकाको वडा नम्बर १ घर भएको हाल जिल्ला काठमाण्डौ बाफल बस्ने कृष्ण कुमार श्रेष्ठको ३४ बर्षको छोरा लक्ष्मण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

विवेक पाटकलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. २ लाख ४० हजार लाग्छ र  दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक रु. ५० हजार तलव हुन्छ भनेर विश्वास दिलाई प्रलोभनमा पारी विवेक पाटकबाट पटकपटक गरी जम्मा रु. १ लाख ९५ हजार रकम लिएर सम्पर्क विहीन भई ठगी गरेकोले प्रहरीले निजलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निज लक्ष्मण श्रेष्ठको खोजतलास गर्ने क्रममा मंसिर २४ गते जिल्ला काठमाण्डौको महानगरपालिका वडा नम्बर २६ स्थीत रहेको नयाँ बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको खबर प्रवक्ता, सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।

Leave a Reply