मोरङको उर्लावारी नगरपालिका वडा नम्बर ४ बक्राहा स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
हिजो पथरीबाट उर्लाबारी तर्फ आउदै गरेको मे.१ ख.२३६३ नम्बरको बसले बाटो काट्दै गरेका उर्लाबारी वडा नम्बर २ सुनझोराका ६५ वर्षीय गज धिमाललाई ठक्कर दिदा घाईते भएका थिए । धिमाललाई उपचारको लागी बि एण्ड सि अस्पतालत बिर्तामोड पुर्याउनाथ डाक्टरले मृत घोषित गरेको थियो ।
बस र बस चालक झापाको मेची नगरपालिका वडा नम्बर ६ का ४५ वर्षीय उद्धव कुमार मोक्तानलाई इलाका प्रहरी कार्यालय, उर्लावारीले नियन्त्रणमा लिई आवश्यक कानूनी कारबारी प्रकृया भइरहेको प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।