You are currently viewing बारामा २३ लाख भन्दा बढीको समान सहित ट्रक नियन्त्रणमा

बारामा २३ लाख भन्दा बढीको समान सहित ट्रक नियन्त्रणमा

नेभा, बारा, २५ मंसिर,

जिल्ला प्रहरी कार्यालय, बाराको मातहत प्रहरी चौकी पथलैया बाराबाट खटिएको बिशेष प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पथलैया चोकबाट २३ लाख भन्दा बढीको समान सहित ट्रकलाई नियन्त्रणमा लिइएको छ ।

गाडीहरूलाई रोकी चेक जाँच गर्दा अनलाइन बिल र भ्याट बिल मा Delivery Place फरक फरक रहेको म.प्र.०३-००१ ख ७७२२ नम्बरको गन्तव्य तर्फ गएको यात्रुबाहक बस भित्र विल नभएको ३०० किलो प्याज र ना ४ ख २०६९ नं. को ट्रक भित्र दाल १०,३७५ किलो, चाना २,८७५ किलो, चाना २,८७५ किलो भएको विल विजक भन्दा बढि अन्दाजी मुल्य रु. २३ लाख ५० हजार १ सय २५ रूपैया बराबरका निम्न समानहरू सहित ट्रकलाई नियन्त्रणमा गरिएको छ ।

आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय, बाराबाट जानकारी गराइएको छ ।

Leave a Reply