You are currently viewing बिहान मनतातो पानी खाँदा हुन्छ यी फाईदा

बिहान मनतातो पानी खाँदा हुन्छ यी फाईदा

नेभा, २१ मंसिर,

जाडो मौसममा मानिसहरु प्राय मनतातो पानी पिउने गर्छन् । तर के तपाईलाई थाहा छ जाडोमा मात्र नभई हरेक मौसममा तपाईको दिनको सुरुवात तातो पानी पिएर गर्नुपर्छ ? यदि तपाईले बिहान सबभन्दा पहिले तातो पानी पिउनुभयो भने यसले तपाईको स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ ।

तौल घटाउन चाहनुहुन्छ भने हरेक दिन बिहान तातो पानी पिउने बानी बसाल्नुहोस् । तातो पानीले शरीरको तापक्रम कायम राख्छ र मेटाबोलिक दर बढाउँछ । यदि तपाइँ चाहनुहुन्छ भने, तपाइँ दैनिक एक गिलास मनतातो वा तातो पानीमा एक चम्चा मह मिसाएर पिउन सक्नुहुन्छ । यसको सेवनले बढ्दो तौल कम गर्न सकिन्छ ।

मनतातो पानी पिउनाले शरीरका सबै विषाक्त पदार्थ बाहिर निकाल्छ । मनतातो पानीले आन्द्रामा रहेको पाचन प्रणालीलाई सुधार्न मद्दत गर्छ । यदि तपाईंले दैनिक कागतीको रस मिसाएर मनतातो पानी पिउनुभयो भने यसले तपाईंको शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।

Leave a Reply