प्रो क्लब च्याम्पियनसिपको दोस्रो संस्करण बीरगंजमा आयोजना हुन लागेको एक कार्यक्रमबीच उद्घोष भएको छ । बीरगंजको नारायणी क्रिकेट मैदानमा आगामि डिसेम्बर महिनाको अन्तिम १० दिन सम्म चल्ने कुरा पर्सा क्रिकेट संघले बीरगंजमा एक पत्रकार सम्मेलन मार्फत घोषणा गरेको हो ।
स्थानिय पर्यटन र व्यवसाय प्रवर्धनमा बीरगंजको महत्वपूर्ण योगदान रहेको र राष्ट्रलाई पनि योग्य खेलाडि दिन प्रो क्लब च्याम्पियनसिप जस्तो प्रतियोगिताको आयोजना गर्न पर्सा क्रिकेट संघ सक्षम रहेको तर देशव्यापि क्रिकेट संस्कृतिबिना यो सम्भव नरहेको कुरा टुर्नामेन्टका निर्देशक, पर्सा क्रिकेट संघका दाउद अन्सारीको जोड रहेको छ । पर्सा जिल्लाको बीरगंज स्थित नारायणी क्रिटेट मैदानमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल गराउन सक्ने सम्भावना रहे पनि सरकारको निरन्तर बेवास्ता तथा मर्मतसम्भारको कमिले जिर्ण हुँदै गएको कुराप्रति खेलप्रेमी, आमसञ्चार माध्यम तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनका लागि पनि प्रो क्लब च्याम्पियनसिप गराउन आयोजकले पर्सा क्रिकेट संघलाई गरेको विश्वास स्वागतयोग्य रहेको कुरा अन्सारीले बताए ।
यस अघि पनि पर्सा जिल्लाले राष्ट्रिय तथा अन्तराष्ट्रि खेल खेल्न र खेलाउन सक्ने महान हस्ती उत्पादन गरी देशको गौरवलाई विश्वव्यापी फैलाउन मद्दत गरेको कुरालाई स्मरण गर्दै प्रो क्लब च्याम्पियनसिप जस्ता प्रतियोगिताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडि, दर्शक तथा प्रायोजक लगायत अन्य सरोकारवालाहरुलाई एउटै स्थानमा ल्याउन ठूलो भूमिका खेल्ने एउटा महत्वपूर्ण खुड्किलो साबित हुने भएकोले यो भैरहवापछिको यो दोस्रो संस्करण बीरगंजमा ल्याउन हामीले समझदारी गरेका हौं र क्रिकेटप्रेमी, खेलाडि तथा अन्य सरेकारवालाहरुलाई निराश नपार्ने प्रतिवद्धता पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जाहेर गरेका छन् ।
यो प्रतियोगिता आयोजना गर्न अहिले करिब १ महिना आफ्नो हातमा रहेको र यो भव्य खेल आयोजना हुने क्रममा रहेकोले यसबारे अन्य विभिन्न कुराहरु चाँडै घोषणा गर्दै जाने कुरा प्रो क्लब च्याम्पियनसिपका स्नेभी चापागाईले बताइन् ।