विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुर्याउने कार्य बढ्दै गएकोप्रति प्रहरीको चिन्ता बढाएको छ ।
यसले राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहिन विषय वस्तु एवं व्यक्तिको प्रतिष्ठा, आत्म सम्मानमा ठेस पुर्याउने र जातीय भेदभाव, छुवाछुत, श्रमप्रति अवहेलनाका साथै शान्ति भंग हुने कार्यलाई बढावा दिरहेको छ । जातीय, धार्मीक, सम्प्रदायिक सद्भाव खलल पुर्याउने र शान्ति–सुरक्षा भंग नगर्न तथा यस्ता कार्यलाई बढावा दिने सामाग्री प्रकाशन नगर्न नगराउन नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो सबैमा अनुरोध गरेको छ ।
प्रचलित कानुनले रोक लगाएको कुनै पनि सामाग्रीहरु प्रकाशन वा प्रदर्शन गरेको पाइएमा कानुन बमोजिम कारबाहि हुने सबैमा जानकारी सहितको अनुरोध साइबर ब्यूरोका प्रहरी उपरीक्षक, प्रवक्ता एवं सूचना अधिकारी पशुपति कुमार रायबाट जारि विज्ञप्ती द्वारा जनाइएको छ ।