You are currently viewing अमेरिकाको फ्लोरिडामा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तीन अश्वेत व्यक्तिको मृत्यु

अमेरिकाको फ्लोरिडामा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तीन अश्वेत व्यक्तिको मृत्यु

नेभा, १० भाद्र,

अमेरिकामा गोलीबारीका घटना रोकिने नाम लिइरहेका छैनन्, एकपछि अर्को गर्दै गोलीबारी भइरहेका छन् । यसबाट अहिलेसम्म धेरैले ज्यान गुमाएका छन् । पछिल्लो घटनामा, एक आक्रमणकारीले फ्लोरिडाको एक स्टोरमा अश्वेत मानिसहरूलाई लक्षित गर्दै गोली चलाएको छ । यो घटना शनिबार अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिलको एउटा स्टोरमा भएको हो ।

यहाँ एक व्यक्तिले तीन अश्वेत व्यक्तिलाई गोली हानेर हत्या गरे र आफैलाई गोली हानेर आत्महत्या गरे । घटनापछि पूरै क्षेत्रमा हलचल मच्चिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रहरी टीके वाटर्सले पत्रकार सम्मेलनमा भने, “उ (आक्रमणकारी) काला मानिसहरूलाई घृणा गर्थ्यो । आक्रमणकारी ठूलो समूहको हिस्सा भएको कुनै प्रमाण छैन ।” वाटर्सले भने कि आक्रमणकारीले डलर जनरल स्टोरमा आक्रमण गर्न ह्यान्डगन र एआर-१५ सेमी-अटोमेटिक राइफल प्रयोग गरेको थियो ।

Leave a Reply