You are currently viewing केप भर्डे आइल्याण्ड नजिक डुङ्गा डुब्दा ६३ जनाको मृत्यु, ३८ जनाको उद्धार

केप भर्डे आइल्याण्ड नजिक डुङ्गा डुब्दा ६३ जनाको मृत्यु, ३८ जनाको उद्धार

नेभा, ३१ श्रावण,

सेनेगलका आप्रवासी बोकेको डुङ्गा पश्चिम अफ्रिकाको केप भर्डे टापुको तटमा पल्टिँदा ६० जनाभन्दा बढीको मृत्यु भएको छ । इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले बुधबार सो जानकारी दिएको हो । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले बुधबार पश्चिम अफ्रिकाको केप भर्डे टापु नजिकै सेनेगलबाट आएका आप्रवासी डुङ्गा भेटिएपछि ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ ।

आईओएमका प्रवक्ता सफा मशेलीले ६३ जनाको ज्यान गएको आशंका गरिएको बताए । योसँगै ३८ जनाको उद्धार गरिएको छ । जसमा १२ देखि १६ वर्ष उमेर समूहका चार बालबालिका रहेका छन् । ‘पिरोग’ भनेर चिनिने काठको माछा मार्ने डुङ्गा सोमबार एट्लान्टिक महासागरमा सालको केप भर्डियन टापुबाट करिब १५० समुद्री माइल (२७७ किलोमिटर) टाढा फेला परेको प्रहरीले जनाएको छ ।

मासेलीले एएफपीलाई आपतकालीन सेवाहरूले सात जनाको शव फेला पारेको र अन्य ५६ जना बेपत्ता भएको बताए ।

Leave a Reply